गैरसरकारी संस्थालाई संयुक्त रुपमा परिचालन गर्ने नेपाल र चीनबीच सहमति

खबरवाणाी

२०७५ श्रावण १४, सोमबार

Shares: 0

नेपाल र चीनबीच गैरसरकारी सँस्थाहरुलाई संयुक्तरुपमा परिचालन गर्ने सहमति भएको छ । समाज कल्याण परिषद र चीनको चाइना एनजीओ नेटवर्क फर इन्टरनेशनल एक्सजेन्ज (सीएनआई) बीच दुवै देशको गैरसरकारी संस्थाहरुलाई संयुक्त रुपमा परिचालन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा र चीनका उपविदेश मन्त्री वाङ वाजुनको उपस्थितिमा काठमाडौंमा परिषद सदस्य सचिव डिल्ली भट्ट र चीनको सीएनआईका सदस्य सचिव झू रुईले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
तीन वर्षे समझदारी पत्रमा नेपालको शिक्षा, स्वास्थ्य, सामुदायिक विकास र विपद् व्यवस्थापनमा गैरसरकारी संस्थामार्फत् चीनले सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिएको छ ।

समझदारी पत्रमा चीनले नेपालको विकास सहायता उपलब्ध गराउँदा नेपालको प्रचलित कानून अनुरुप संचालन गर्ने पनि स्पष्ट पारिएको छ ।
कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थापाले समझदारीलाई प्रभावकारी ढंगले अघि बढाउन दुवै मुलुकका सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।