गायिका तृप्ती खड्काको स्वरमा ‘माइती घर’ को सम्झना बजारमा (भिडियोसहित)

खबरवाणाी

२०७५ श्रावण १४, सोमबार

Shares: 0

पत्रकार धनराज बास्तविकको ‘माइती घर’ को सम्झना तिज गित सार्वजनिक भएको छ । सञ्चार क्षेत्रका साथै साहित्यिक जगतमा कलम चलाउँदै आएका पत्रकार धनराज वास्तविकको शब्द संगीत तथा चर्चित गायिका तृप्ती खड्काको स्वरमा मौलिक तिज गित सार्वजनिक भएको छ ।

बि.जी इन्टरटेनमेन्ट प्रा.लि को प्रस्तुती रहेको उक्त तिज गित ‘माइती घर’ मा गायिका तृप्ती खड्का र यम बिष्टको स्वर रहेको छ ।बाल्यकाल देखी सँगै हुर्केको सँगै खेलेको साथीहरु सँग छुट्नु पर्दाको ब्यदना र बिहे भएपछी आफुले भनेको बेलामा माइत गएर भेट्न न पाउँदाको पिडा सोही ‘माइती घर’ गितको शब्दमा उत्थान गरिएको छ ।

‘बर्षौं भयो बरिलै माइती घर न गाको’ साथी सँगी बरिलै भेट घाटै न भाको’ यस्ता शब्द उक्त गितमा समेटिएर मनमा भएको ब्यदना पोखिएको छ । त्यस्तै भिडियो तर्फ, निर्देशक बिक्रम चौहानको निर्देशन रहेको छ भने प्रकाश खड्काको छायांकन तथा राजेश कुमारले सम्पादन गरेका हुन् ।

सोही भिडियोमा मोडल टिका जैसी, बिजय गुरुङ, रमेश कार्की र रेखा बस्नेतले अभिनय गरेका छन् । श्रावण ११ गते मात्रै युट्युब मार्फत सार्वजनिक भएको उक्त मौलिक गित ‘माइती घर’ ले चर्चाको फड्को मार्दै अगाडी बढेको छ भने बि स्टार फिल्मस् प्रा.लि ले दृश्य निर्माण गरेको हो ।