नेपालकाे पहिलो महिला म्युजिक एरेन्जर म हुँ : दुर्गा साउद

खबरवाणाी

२०७५ श्रावण १६, बुधबार

Shares: 0

काठमाडौं। दुर्गा र ललित साउद मिलेर रेकर्डिङ स्टुडियो सञ्चालन गरेका छन् । दुर्गा सांगीतिक क्षेत्रको अलराउन्डर हुन् । तर उनी आफूलाई नेपालको पहिलो महिला म्युजिक एरेन्जर भएको दाबी गर्छिन् । दुर्गाका बोल्ड टाइप तथा स्टेज तताउने गीतहरू युट्युवमा हेर्न र सुन्न पाइन्छ । संगीत उनका लागि सबथोक हो, भन्छिन्, ‘गीत संगीतमै भविष्य देखेकी छु, यसैमा समर्पित हुन्छु ।’ संगीतमा लाग्ने पे्ररणा, संगीत क्षेत्रमा देखेको भविष्य र भावी योजनाबारे दुर्गासँग गरिएको कुराकानी:: :

० के हो म्युजिक एरेन्जर भनेको ?
– यसको ठ्याक्कै नेपाली अर्थ त मलाई पनि थाहा छैन । गीतमा बाजाको समायोजन गरेर म्युजिक ट्रयाक निर्माण गर्नु हो । यसका लागि सबै बाजाको ज्ञान हुनुपर्छ । म चाहिँ नेपालको पहिलो महिला म्युजिक एरेन्जर हुँ ।

० के आधारले तपाईं पहिलो म्युजिक एरेन्जर भन्नुभएको ?
– त्यस्तो प्रमाण त मसँग छैन, मेरो प्रमाण भनेकै सीप हो । नेपालमा म नै पहिलो म्युजिक एरेन्जर हुँ भनेर म दाबी गर्छु । अरु कसैले अहिलेसम्म दाबी गरेको मलाई थाहा छैन । अरु महिला म्युजिक एरेन्जर नभएर पहिलो म हुँ भनेर दाबी गरेकी हुँ ।

० कतिवटा गीतमा म्युजिक एरेन्ज गर्नुभएको छ ?
– त्यस्तो धेरै त छैन, दर्जन नाघिसके होला । व्यावसायिक भएकाले विस्तारै यो संख्या वृद्धि हुँदै जान्छ भन्ने मलाई विश्वास छ ।

० कसरी म्युजिक एरेन्जर बन्न पुग्नुभयो ?
– संगीत क्षेत्रमा लागेकी छु, यही पेसामा समर्पित छु । गीत पनि गाउँछु, संगीतको ज्ञान छ, गीत पनि लेख्छु । अग्रज संगीतकारको पे्ररणाले म यो विधामा लागेकी हुँ ।

० सबै क्षेत्रमा हात हाल्दा गुणस्तर आउँछ त ?
– मूल विधामा मेहनत गर्छु, अन्य विधा पनि संगीतसँगै सम्बन्धित हुन् । सबै कुरा एकअर्कासँग सम्बन्धित छन् ।

० अन्य विधामा असफल भएर पेसा डाइभर्ट गर्नुभएको त होइन ?
– होइन, मलाई नयाँ नयाँ काम गर्न मन लाग्छ । यो क्षेत्रमा महिलाहरू छैनन्, अरु महिलाका लागि पे्ररणा होस् भनेर म्युजिक एरेन्जर विधा रोजेकी हुँ । मैले गाएको गीत पनि कमजोर छैनन्, सञ्चारमाध्यमको आँखा नपुगेको मात्र हो ।

० कस्ता गीत गाउनुहुन्छ ?
– दर्शक र स्रोताले रुचि राख्ने सबै किसिमको गीत गाउँछु । गीत चलाउन अहिले लगानी गर्नुपर्छ, त्यो लगानी गर्ने पैसा मसँग अहिले छैन ।

० पैसा खर्च गरेर गीत चलाउनू ?
– गीत रेकर्डदेखि नै खर्च सुरु हुन्छ । म्युजिक भिडियो बनाउँदा र प्रचार प्रसारमा खर्च गर्नुपर्छ । एउटा गीतका लागि चार–पाँच लाख रुपैयाँ खर्च लाग्छ । घरखेत बेचेर गीतमा लगानी गर्न सक्ने अवस्थामा म अहिले छैन ।

० संगीत कहाँ सिक्नुभयो ?
– म सुरुमा शास्त्रीय संगीतको विद्यार्थी हुँ, अहिले पनि विद्यार्थी नै छु । शब्दहरू पनि आफैं लेख्छु । भोजपुरी, मैथिलीलगायत डेढ दर्जनभन्दा बढी चलचित्रमा गीत गाएकी छु । मजस्ता धेरै कलाकार छन्, त्यसैले मेरो मार्केटमा चर्चा छैन ।

० तपाईंका गीतमा आगो, करेन्ट, चोली स¥योजस्तो शब्द हुन्छन् नि ?
– त्यो आइटम गीतमा हुनु स्वाभाविक जस्तो लाग्छ । स्टेज तताउन त्यस्ता शब्दको प्रयोग हुन्छ ।

० गीतमा यौन पनि बिक्री हुन्छ ?
– गीतमा प्रयोग भएका शब्दलाई कसरी लिने त्यो स्रोतामा निर्भर रहन्छ । कुनै गीतले रुवाउँछ, कुनैले हँसाउँछ, कुनैले उफार्छ । यस्ता कुरा बहसको विषय बन्दैनन् भन्ने मलाई लाग्छ ।

० उत्तेजक शब्द राख्दा गीत चल्छ भन्ने हो ?
– मनोरञ्जन लिने माध्यम धेरै हुन्छन्, कसैले नृत्य हेरेर मनोरञ्जन लिन्छन् । शब्दको अर्थ त जसरी लगाए पनि हुन्छ । त्यस्ता गीतहरू पनि एउटा मनोरञ्जनका माध्यम हुन् भन्ने मलाई लाग्छ ।

० संगीतमै भविष्य देख्नु भएको छ ?
– हो, मैले जानेको सिकेको र भविष्य देखेको संगीतमै हो । त्योभन्दा अलग पेसा र व्यवसाय मैले जानेकै छैन । मेरो सम्पूर्ण संगीतमै समर्पित रहन्छ ।

० संगीतमा लाग्ने पे्ररणा कसले दियो ?
– भाग्यले नै मलाई संगीततर्फ डो¥यायो । पूर्वी पहाडी जिल्लाको दाहाल परिवारमा जन्मेकी हुँ, मेरो परिवारमा कोही पनि संगीतमा चासो राख्दैन थिए । तर म भने स्कुल पढ्दादेखि नै नाच्न गाउँन अघि सर्थें ।

० गुरु त होलान् नि ?
– मैले भोलाप्रसाद राई गुरुबाट संगीत सिकेकी हुँ । एक दशकअघि मेरो गीत रेकर्ड भयो । धेरैवटा स्टेज कार्यक्रममा सहभागी भएँ, देशविदेशमा सांगीतिक कार्यक्रम लिएर गएँ ।

० विदेशमा कहाँ कार्यक्रम लिएर जानुभयो ?
– सिंगापुर, बहराइन पुगेकी छु ।

० राजनीतिमा पनि आबद्ध हुनुहुन्छ ?
– छैन, राजनीति त परैजाओस् कलाकारको जात, धर्म र लिंग हुँदैन । कलाकारसँग प्रतिभा हुन्छ ।

० थातथलो कहाँ हो ?
– तेह्रथुम जिल्लामा जन्में, विवाह भएर सुदूरपश्चिमको महेन्द्रनगर पुगें । पोखराको पृथ्वीनारायण क्याम्पस पढें, अहिले काठमाडौंमा भविष्य खोज्दैछु ।

० कोसँग विवाह गर्नुभयो ?
– ललितसिंह साउदसँग । उहाँ पनि सांगीतिक क्षेत्रमै हुनुहुन्छ । हाम्रो एउटा छोरा छ ।

० कहाँ भेटभयो ?
– हाम्रो फेसबुकमा लभ परेको हो । उहाँ दक्षिण भारतमा बस्नुहुन्थ्यो, फेसबुकमा भेट भयो, मायापे्रमका संवाद भए । मायापे्रमलाई हामीले विवाहमा रूपान्तरण ग¥यौं ।

० फेसबुकको लभ पनि सफल भएछ ?
– हो, एकअर्कामा मन प-यो, भावना मिल्यो, इमान्दार रूपमा प्रस्तुत भइयो । धेरै कुरा संवादबाट स्पष्ट भइयो र, अन्त्यमा विवाह गरियो ।

० विवाह गर्ने प्रस्ताव कसले राख्यो ?
– ललितजीले नै राख्नुभयो । हाम्रो यात्रा एउटै हो, सँगै जीवन बिताउन भन्न थाल्नुभयो, मैले पनि ओके भनें ।

० पूर्वको मान्छे सुदूरपश्चिममा एडजस्ट हुन कठिन भएन ?
– सुरुका दिनमा धेरै कठिनाइ भए । भाषा, संस्कार र संस्कृति नै मिल्दो रहेनछ । त्यति मात्र होइन, बुहारीलाई घरमा गरिने व्यवहारसमेत फरक पाएँ ।

० श्रीमान्ले सहयोग गर्नुभयो होला नि ?
– आफ्नो मान्छे राम्रो भएपछि अरुको प्रवाह नहुँदो रहेछ । त्यसैले सुदूरपश्चिममा जति समय बिताएँ, सम्झँदा पनि रमाइलो लाग्छ । अहिलेको बसाई काठमाडौं छ, त्यस्तो केही फिल हुँदैन ।

० संगीतबाहेक रोज्नुपरे कुन क्षेत्र छान्नुहुन्थ्यो ?
– महिलाप्रति गरिने व्यवहार देख्दा टिठ लागेर आउँछ । यो पुरुषप्रधान समाजमा हरेक क्षेत्रमा लंैगिक विभेदले जरो गाडेको छ । त्यसैले संगीतको माध्यमबाट भए पनि यो विभेदको अन्त्यका लागि सामाजिक काम गर्ने रुचि छ ।

तरुण खबर बाट साभार