नेपाल र बंगलादेशबीच ऊर्जा सहायता समझदारीमा हस्ताक्षर, १० वर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादन गरिने

खबरवाणी

२०७५ श्रावण २५, शुक्रबार

Views: 137
Shares: 0

नेपाल र बंगलादेशबीच ऊर्जा सहायतासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनः र बंगलादेशी समकक्षी नसरुल हमिदले समझदारी पत्रमा हस्ताक्षर गरेका गर्नुभएको हो ।
समझदारीबाट नेपालबाट उत्पादित बिजुली प्रसारण लाइनको टुंगो लागेमा बंगलादेशमा निर्यात हुने ढोका खुलेको छ ।

समझदारी पत्रमा हस्ताक्षर हुनुअघि बंगलादेशका ऊर्जा मन्त्री हमिदले नेपालको अपार सम्भावना रहेको जलविद्युतमा बंगलादेशले सरकारी र निजी क्षेत्रबाट जुनसुकै किसिमको सहयोग आदान–प्रदान गर्न सकिने बताउनुभयो ।
उहाँले बंगलादेशमा ऊर्जाको आवश्यकता रहेकाले त्यसलाई पूर्ति गर्न छिमेकी र अत्यन्त घनिष्ठ देश नेपालमा सम्भावना देखिएको उल्लेख गर्नुभयो ।
बैठकमा ऊर्जा मन्त्री पुनले समकक्षी र उनको टोलीलाई स्वागत गर्दै सरकारको मार्गचित्र, नीति, कार्यक्रमबारे अवगत गराउनुभएको थियो ।

उहाँले बैठकमा १० वर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने सरकारको लक्ष्य राखिएकाले त्यहीअनुसार काम भइरहेको बताउनुभयो । बंगलादेशले अहिले भारतबाट ५०० मेगावाट बिजुली आयात गरिरहेको छ ।