प्रधानमन्त्रीसँग राजपाको गुनासो

खबरवाणी

२०७५ श्रावण २५, शुक्रबार

Shares: 0

काठमाण्डौ । राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने समय नपाएको गुनासो गरेका छन् । संविधान संशोधन लगायत सरकार गठन हुँदा भएको ३ बुँदे सहमतिको कार्यान्वयनबारे जानकारी लिन अध्यक्षमण्डलका सबै सदस्यहरुले प्रधानमन्त्रीलाई भेटेर अल्टिमेटम दिन खोज्दा समय नपाएको अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले बताउनुभयो ।

सहमति कार्यान्वयन नभएको भन्दै गत बुधबार अध्यक्षमण्डलको वैठकले हिजो नै प्रधानमन्त्रीलाई भेटेर अल्टिमेटम नै दिने निर्णय गरेको थियो । तर, प्रधानमन्त्रीको समय अभावका कारण राजपा नेताहरुसँग छलफल हुन नपाएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । संविधान संशोधनलगायतका विषयमा ३ बुँदे सहमति गरेर राजपाले वर्तमान सरकारलाई सर्मथन गरेको थियो ।