Logout

चर्चामा

नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै संलग्नता छैन : टोपबहादुर रायमाझी

1.5k Shares

काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नक्कली  भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् ।  पक्राउ पुर्जी जारी भएपछि बुधवार अर्घाखाँचीको सन्धिखर्कमा पत्रकारहरुसँग बोल्नै उनले भने, ‘नक्कली शरणार्थी प्रकरणबारेमा मलाई त्यति थाहा छैन। यो कुरा सुनेर मलाई पनि आश्चर्य लागेको छ ।’

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर लैजाने विषयमा मेरो कुनै किसिमको संलग्नता नभएको रायमाझीको दाबी छ । बरु आफू मन्त्री भएका बेला भुटानी शरणार्थी समस्या समाधानमा पहल गरेको उनले बताए।

 ‘भुटानी शरणार्थी समस्या समाधानमा हामीले काम गरेका थियौँ। सरकारमा हुँदा हामीले तीनवटा निर्णय गरेका थियौँ । भुटानी शरणार्थीहरूलाई दीर्घकालीन समस्या हल गर्ज रोजगारी सिर्जनाको प्रयत्न गर्ने कुरा भएको  थियो,’ उनले भने ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार