नुवाकोट । संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसको रूपमा मनाउँदै आएको छ । सोमबार विश्व वातावरण दिवस परेर ककनी जेसिजले ककनी गाउपलिका वडा न ३ मा रहेको मुकुन्देश्वोरी माविमा वृक्षरोपण गरेर विश्व वातावरण दिवस मनाएको छ।
विश्व वातावरण दिवसका सन्दर्भमा ‘एक जेसिज सदस्य, एक विरुवा’ भन्ने अभियानका साथ बृक्षारोपण गरिएको जनाएको छ । विश्व वातावरण दिवस “सुरक्षित जीवनको लागि जैविक विविधता” भन्ने नाराका साथ नेपाल लगाएत विश्व भर मनाइदै छ ।
ककनी जेसिजका नि.अध्यक्ष पुष्पराज भट्टराईले अहिलेको यो अवस्थामा वातावरण संरक्षण गर्नु आवश्यकता देखिएकोले सवै राष्ट्रले दीगो र सन्तुलित विकासमा जोड दिदै प्रकृति संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । उनले उक्त कार्यक्रममा जेसिजको बारेमा प्रस्ट परेका थिए ।
उक्त कार्यक्रममा बोल्दै सोहि बिद्यालयका प्र.अ राजेन्द्र न्यौपानेले यस्तो कार्यले आफु धेरै खुशी भएको बताउनु भयो ।
वृक्षारोपण कार्यक्रममा ककनी जेसिजका अध्यक्ष रमा नेपाल लगायतका पदाधिकारी र स्थानिएको उपस्थिति रहेको थियो । सोहि कार्यक्रम ककनी जेसिजका महासचिव पवन फुयालले संचालन गर्नुभएको थियो ।




