Logout

चर्चामा

कोशी नामकरण विरुद्धको आन्दोलनमा प्रचण्डको संलग्नता छ : ओली

601 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्ध भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष संलग्नता रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले माओवादीले पहिले कोशी प्रदेश नामकरणमा साथ दिएको र पछि पुनर्विचार गर्नुपर्छ भनेर भड्काइरहेको आरोप लगाए।

‘प्रचण्डहरुको यसमा प्रत्यक्ष संलग्नता देखिन्छ। नाम राख्ने, अलि पछि गल्ती भो भन्ने अब पुनर्विचार गर्नुपर्छ भन्ने त्यता मान्छे भड्काउन थाल्ने’ उनले भने। अध्यक्ष ओलीले अब कोशीमा नामकरण विरुद्ध भइरहेको आन्दोलनको एमालेले प्रतिवाद गर्ने पनि बताए।

‘अब नेकपा एमालेले तयारीका साथ दनक दिनुपर्ने अवस्था भयो । किनभने सरकारले यस्तो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन यस्तोमा’ उनले भने, ‘हाम्रो कार्यकर्ताको रक्षा हामी आफैंले गर्नुपर्छ भने। गुण्डाहरु न नियन्त्रण गर्छ, न गिरफ्तार गर्छ न केही गर्छ, प्रोत्साहित गरेको छ, प्रोटेक्सन गरेको छ प्रचण्ड सरकारले।’

कोशीमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमालेविरुद्ध पहिचानको नाममा मान्छे भड्काइरहेको ओलीले आरोप लगाए।

बिहीबार इलाममा एमाले कोशी प्रदेशसभा संसदीय दलका उपनेता राम रानामाथि पहिचान पक्षधरहरुले आक्रमण प्रयास गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार