Logout

चर्चामा

महिला विश्वकपमा पोर्चुगल र अमेरिका तथा भियतनाम र नेदरल्याण्ड्स भिड्दै

358 Shares

फिफा महिला विश्वकप फुटबलमा आज पनि चार वटा खेल हुने भएका छन् । समूह डी र ईका समूह चरणका खेल हुने छन् ।

समूह ई का खेलहरु नेपाली समय अनुसार पौने १ बजे सुरुहुने छ । यो समूहमा पोर्चुगल र अमेरिका तथा भियतनाम र नेदरल्याण्ड्स आमने सामने हुने छन् ।

यो समूहमा अमेरिका र नेदरल्याण्ड्स समान चार अंकसहित क्रमश पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

यसैगरी पोर्चुगल ३ अंकका साथ तेस्रो स्थानमा रहँदा भियतनामले खाता नै खोलेको छैन ।

आजको खेलबाट अमेरिका, नेदरल्याण्ड्स र पोर्चुगल मध्य २ टिम अन्तिम १६ मा प्रवेश गर्ने भएकाले जित निकाल्नै पर्ने बाध्यता रहेको छ ।

अमेरिका र पोर्चुगलबीचको खेलमा विजयी हुने टिम प्रि क्वाटरफाइनलमा पुग्दा बराबरीले भने अमेरिकालाई नै फाइदा पुग्ने छ ।

यसैगरी नेदरल्याण्ड्स पनि भियतनाममाथि जित निकाल्दै अन्तिम १६ मा प्रवेश गर्ने लक्ष्यमा रहँदा भियतनाम भने सान्त्वना जितका लागि मैदान उत्रने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार