Logout

चर्चामा

भ्रष्टाचारविरुद्ध शिर ठाडो बनाएर उभिन सक्ने पार्टी राप्रपा मात्रै हो : राजेन्द्र लिङ्देन

842 Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिमा गर्वका साथ शिर ठाडो पारेर भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्रै पार्टी राप्रपा भएको बताएका छन्। 

सुर्खेत विमानस्थलमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै उनले यसो भनेका हुन्। ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुसरह हो भनेर हामीले भनाइ नै स्थापित गरिसकेका छौँ’, उनले भने। 

अध्यक्ष लिङ्देनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदममा राप्रपाको समर्थन रहेको बताए। 

तर उनले अपराधिक कामका लागि आदेश दिनेलाई जोगाएर भरियालाई मात्रै समातेर सरकारले देखावटी काम गर्न नहुने पनि बताए। 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार