Logout

चर्चामा

यस्तो छ आजको मौसम

756 Shares

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

साथै नेपालमा हाल  भारतको पुर्वी मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार हाल  सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ।

सुदूर-पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग  सहित  हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावा-हुरीको पनि संभावना रहेको महाशाखाले जनाएको छ।

राति देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार