Logout

चर्चामा

साम्प्रदायिक विद्वेष कसैको हितमा हुँदैन : ओली

972 Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेको बताएका छन् ।

मोरङको विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले पछिल्लो समय साम्प्रदायिक विद्वेष फैलाउने र गलत मनसायले त्यसमा खेल्ने प्रयास भइरहेको बताएका हुन् ।

‘केही नभई आफैं–आफैं घरबाट निस्किएर त कोही झगडा गर्दैन, कसैले उचाल्द्या हुन्छ,’ ओलीले भने, ‘शान्ति खलबल्याउने कुरो असल मनसायले त हुँदैहुँदैन ।’ यस्ता गतिविधि देश, जनता र स्थानीय समुदाय कसैको हितमा नभएको उनले बताए ।

‘साम्प्रदायिक विद्वेष भड्काउने कुरो कुनै पनि हिसाबले गलत मनसायका साथ नै हुने गर्छ । र, यो देशका लागि, जनताका लागि, स्थानीय समुदायका लागि, कसैका लागि पनि, कुनै हिसाबले पनि हितकर होइन,’ पूर्वप्रधानमन्त्री ओलीले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार