काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा लोकतन्त्रमाथि अनिष्टको कालो बादल मडारिरहेको बताएका छन्।
नेता नविन्द्रराज जोशीको स्वर्गारोहणको सातौं दिनको पुण्य तिथिमा बिहीबार तनहुँको देवघाटधाममा आयोजित अस्तु विसर्जन तथा श्रद्धाञ्जलि सभामा वरिष्ठ नेता पौडेलले देश र लोकतन्त्रमाथि लागेको कालो बादल हटाउन बाँकी रहेको बताएका हुन्।
‘देशमा अझै पनि अनिष्ट छाइरहेको छ, लोकतन्त्रमाथि अनिष्टको कालो बादल छाइरहेको छ, निश्चयको कालो बादल छाइरहेको छ, अहिलेको उपलब्धिलाई कुन खाडलमा लगेर हाल्दै छन् यहाँका शासकहरुलेरु खाडलमा हाल्नुअघि नै देशलाई जोगाउन हामीले विखण्डनको आजको विकल्प दिएर देश र लोकतन्त्रलाई जोखिममा पार्नेबाट जोगाउने विकल्प देशले खोजेको छ,’ पौडेलले भने।
वरिष्ठ नेता पौडेलले नेपाल संस्कृति र प्रकृतिमा विशिष्ट रहेको बताए। नेता जोशीकी आमाको अनुरोधअनुरुप अस्तु देवघाटधाममा विसर्जन गरिएको पौडेलको भनाइ थियो। नेता जोशीको निधनले नेपाली र कांग्रेस पार्टीलाई अपूरणीय क्षति पुगेको पौडेलले बताए।
नेता जोशीले वर्तमान राजनीति र परिस्थितिको संघर्ष गरी देशका विषयमा धेरै चिन्तन गर्ने व्यक्ति भएको बताए। पार्टी र जनताको विषयमा गम्भीर चिन्तनशील भएकाले उनको मस्तिष्क घात हुन पुगेको उनको भनाइ छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नविन्द्रराज जोशीको स्वर्गारोहणको सातौं पूण्य तिथिमा अस्तु विसर्जन गरिएको छ। स्व।नेता जोशी अस्तु बिहीबार पवित्र धार्मिक स्थल देवघाटधाममा बिसर्जन गरिएको छ।