Logout

चर्चामा

सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

786 Shares

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो साढे १२ बजे प्लानिङ ब्वाइज युनाइटेड र सानेपा क्लबबीच खेल हुँदैछ ।

समूह 'बी' मा रहेको प्लानिङले चार खेल खेल्दै दुई अङ्क जोडेको छ  भने सानेपाले पाँच खेलमा दुई अङ्क जोडेको छ । यस्तै दिउँसो साढे तीन बजे वीरगञ्ज युथ एकेडेमी र मनोहरा युनाइटेड क्लबबीच खेल हुँदैछ ।

समूह 'ए'को वीरगञ्जले चार खेल खेल्दै ९ अङ्क बनाएको छ भने मनोहराले पाँच खेलबाट ९ अङ्क नै बनाएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार