Logout

चर्चामा

एमाले सांसद सूर्य थापाले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा

477 Shares

काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।

बालकुमारी घट्नाबारे गृहमन्त्री श्रेष्ठले नौटंकी नभएर दशटंकी देखाएको आरोप लगाउँदै राजीनामा मागेका हुन् । उनले ललितपुरको घट्नामा गृहमन्त्री श्रेष्ठले सिडिओलाई दोष देखाएर (निलम्बन) आफू जोगिने कोशिस गरेको आरोप लगाएका हुन् ।

थापाले फेशबुकमा लेखेका छन्-

नारनकाजीको दशटंकी–
गोली चलाउनु कसको दोष हो?
ललितपुरका प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितको? जसलाई सरकारले अकारण निलम्बन गरेको छ।
यदि उहाँलाई दोषी देखाएर आफू जोगिने नारनकाजीको कोशिस हो भनें उनले एक मिनेट पनि पदमा बस्नु चुनाव हारेको व्यक्ति भ–याङ चढेर राष्ट्रिय सभा सदस्य हुँदै मन्त्री बनेकोजस्तै अनैतिक रहेको स्पष्ट छ। जवाफदेही उनको नै हो।सिडिओलाई गोली चलेको थाहासम्म त थियो? थिएन।

सिडिओ, एस्पी, डिएस्पी र कार्यालय सहायकहरू देखाएर उनी पानीमाथिको ओभानो कसरी बन्न पाउँछन्? राजधानीमा दिनदहाडै दुई/दुई जना होनहार युवाको अनाहकमा जीवनहरण गरेकोमा उनी गृहमन्त्रीका हैसियतमा हत्याको खास जिम्मेवार र जवाफदेही भएर अविलम्ब पदत्याग गर्नुपर्छ।यो सारा नेपालीजनको आवाज हो !

अझ उनैले त्यो बाटो किन हिंडेको भन्दै बाख्राको पाठोलाई किन पानी धमिल्याएको भनेजस्तो गरेर अरू बाटो हिड्ने जोकसैलाई आरोपित गर्न किमार्थ मिल्दैन।

हुन त नैतिकता उहाँले अरूलाई भन्ने कुरा मात्रै हो, आफैले एक कौडी बराबर पालन गर्नुगर्दैन भन्ने दृष्टान्तमा उहाँको ढोंगी जीवन नै पर्याप्त रहेको छ। यो नैतिकहराम र पदलोलुप भएर कुर्सीमा टाँसिनुजस्तो रवैया उहाँको व्यर्थको दशटंकी बाहेक अरू केही होइन।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार