1k
Shares
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार बजार १०.५० अंकले घटेको हो ।
बजार परिसुचक पनि २०८५.८२ बिन्दुमा पुगेर बन्द भएको छ ।
विकास समूह ३.७७ अंक, जलविद्युत ६.०१ र म्युचुअल फन्ड झिनो अंक (०.०१) ले बढेको छ । यी बाहेकका अन्य सबै समूहरु राताम्य बनेका छन् । उक्त दिन बैंकिङ्ग समूह ९.०१ अंक, फाइनान्स ९.६१, होटेल तथा पर्यटन ८८.०८, लगानी समूह ०.२२, जीवन बीमा समूह ३०.५०, उत्पादक तथा प्रशोधन १६८, माइक्रोफाइनान्स १६.०४, निर्जीवन बीमा ४२.६२, अन्य समूह ०.४१ अंक र व्यापार समूह ४४.५२ अंकले घटेको छ ।
उक्त दिन कुल ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड ५ ला ७१ हजार १९९ कित्ता सेयर किनबेच भएको छ।