काठमाडौँ । अमेरिकाको वासिङ्टनस्थित संसद् भवनमा भएको आक्रमणमा एक प्रहरी अधिकारीसहित २ जनाको मृत्यु भएको छ ।
शुक्रबार अमेरिकी संसद भवनमा आक्रमण भएको उक्त आक्रमणमा परी एक प्रहरी अधिकारीको ज्यान गएको हो । त्यस्तै आक्रमणकारीको समेत प्रहरीको गोली लागेर मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
सुरक्षाका लागि राखिएको तारबारमा एउटा कारले ठक्कर दिएलगत्तै प्रहरीमाथि आक्रमण भएको थियो । कारमा सवार व्यक्ति ओर्लिएर प्रहरी अधिकारीलाई चक्कु प्रहार गरेको समाचारमा जनाइएको छ ।
आक्रमणमा परी प्रहरी अधिकृत विलियम बिली इभान्सको मृत्यु भएको हो । उनी १८ वर्षदेखि क्यापिटल प्रहरी बलमा कार्यरत थिए ।
आक्रमणलगत्तै प्रहरीले गोली चलाएको थियो र गोली लागेर आक्रमणकारीको समेत मृत्यु भएको छ । संदिग्ध आक्रमणकारी २५ वर्षीय नोआह ग्रीन भएको समाचारमा उल्लेख छ ।
शुक्रबार भएको उक्त आक्रमण आतंकवादसँग भने नजोडिएको प्रहरीको भनाइ छ ।