Logout

चर्चामा

सिताको अर्धशतकमा एपीएफको विजयी सुरुवात

1.2k Shares

काठमाडौं । विभागीय टिम नेपाल एपीएफ क्लबले पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

टियु क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा प्रदेश-१ लाई ८ विकेटले पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।

प्रदेश-१ ले दिएको १ सय ७ रनको एपीएफले १८ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । एपीएफको जितमा सिता राना मगरले अर्धशतकीय इनिङ्स खेलिन् । सिताले अविजित रहदै ५२ रन बनाईन ।

यस्तै ज्योति पाण्डेले ३२ रन जोड्दा सरिता मगरले ६ रन जोडिन । इन्दु बर्मा ८ रनमा अविजित रहिन् । प्रदेश-१ की रुबिना क्षेत्री र संगीता राईले १र१ विकेट लिईन् । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश(१ ले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो ।

प्रदेश-१ का लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ४५ रन जोडिन । यस्तै रोमा थापाले ३३ रन जोडिन ।

अप्सरी बेगम सुन्य रनमा आउट हुँदा काजल श्रेष्ठले ५ रन जोडिन । निग्मा तामाङ ७ र निशा साह ५ रनमा अविजित रहिन् ।

एपीएफका रेखा रावल, करुणा भण्डारी, सिता राना मगर र बिन्दु मगरले १र१ विकेट लिईन् ।

प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।

यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५र१५ हजार पाउने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार