Logout

चर्चामा

नेपाल ए ६० रनमै अलआउट, आयरल्यान्ड एको शानदार जित

387 Shares

काठमाडौं । आयरल्यान्ड एसँग दोस्रो एक दिवसीय खेलमा नेपाल ए ११४ रनले पराजित भएको छ। टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल ए ६० रनमै अलआउट भयो। १७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमात्र बनाउन सक्यो।

नेपाल एका लागि भीम सार्कीले १७ रन र विनोद भण्डारीले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। नेपाल एका ५ जना खेलाडी शून्यमै आउट भएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड एले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको थियो। आयरल्याण्ड एका लागि गेभिन होयले सर्वाधिक ५० रन बनाए। नेपाल ए पहिलो खेलमा पनि पराजित भएको थियो। 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार