Logout

चर्चामा

तयारी बिनै बालुवाटारबाट १६५ सडक शिलान्यास नौटंकी हो : सांसद शाही

514 Shares

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी बिनै बालुवाटारबाट १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक शिलान्यास गर्नुलाई नौटंकीको संज्ञा दिएकी छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्‍दै सांसद शाहीले अति महत्त्वपूर्ण विधेयक थन्क्याउने तर महिला हिंसाविरुद्धको विधेयक ल्याउन नदिएको भनेर प्रधानमन्त्रीले ढाँटेको उनले बताइन् ।

उनले संसदले जन्माएको प्रधानमन्त्री संसद र सिंहदरबारमा आउन डराएको भन्दै सरकारी निवास बालुवाटार पनि छाडेर निजी निवास बालकोट जानु उचित हुने सुझाव दिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार