707
Shares
काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा झन्डै दोब्बर मतान्तरसहित निर्वाचित भएकी छन् ।
बुढा ३ हजार ६२७ मतसहित निर्वाचित भएकी हुन् ।
नेपाली कांग्रेसको रुख चिह्नबाट चुनाव लडेकी एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचनले २ हजार १२८ मत मात्र पाइन् ।
यो गाउँपालिका उपाध्यक्षमा यसअघि माओवादी केन्द्रका भूपेन्द्रा बुढा निर्वाचित भएका थिए । उनको बागलुङमा भएको दुर्घटनामा निधन भएको थियो ।