Logout

चर्चामा

प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापामा व्यस्त, खानेपानी आयोजना उद्घाटनदेखि पार्टी भेलासम्म सहभागी

1.1k Shares

झापा । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा भ्रमणका क्रममा विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि  गृहजिल्ला पुगेका ओलीले आइतबार र सोमबार गरी दुई दिन झापाका विभिन्न स्थानमा आयोजना भएका कार्यक्रमहरूमा सहभागी हुने कार्यतालिका छ।

आइतबार मेचीनगर–४ र दमक–३ मा आयोजना भएका कार्यक्रमहरूमा सहभागी भएका प्रधानमन्त्री ओली सोमबार बिहान बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गरेर आफ्नो भ्रमणको दोस्रो दिन सुरु गर्नेछन्।

प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे गौरादह नगरपालिका अन्तर्गत महारानी झोडामा जग्गाधनीपुर्जा वितरण कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि १२:३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्नेछन्। दिउँसो २ बजे बिर्तामोडस्थित सिटी सेन्टरमा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ।

प्रधानमन्त्री ओली मंगलबार काठमाडौं फर्किने कार्यतालिका रहेको छ। झापा भ्रमणका क्रममा उनले विभिन्न आयोजना उद्घाटन र समुदायसँगको अन्तर्क्रियामार्फत गृहजिल्लाको विकास र आफ्नो नेतृत्वबारे जनतासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार