Logout

चर्चामा

काठमाडौं आइपुगे ब्रायन लारा

1k Shares

लेजेण्डरी क्रिकेटर वेष्टइण्डिजका पूर्व कप्तान ब्रायन लारा काठमाडौं आइपुगेका छन्। शुक्रबार बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। नेपाल क्रिकेट संघ क्यानको निमन्त्रणामा लारा नेपाल आएका हुन्। विमानस्थलमा उनलाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका छन्। लाराले जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा खेलाडीहरूसँग पनि साक्षात्कार गर्ने बताइएको छ। लाराले वेस्टइन्डिजका लागि १३१ टेस्टमा झण्डै १२ हजार रन बनाएका छन् भने २९९ ओडिआई खेल्दा १० हजारभन्दा धेरै रन बनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार