657
Shares
संसद्मा प्रतिनिधित्व गर्ने मुख्य चार दलका प्रमुख सचेतकहरूबीच छलफल भएको छ ।
सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा उनीहरूबीच छलफल भएको हो । संसदीय काम कारबाहीका सम्बन्धमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र रास्वपाका प्रमुख सचेतकहरू छलफलमा जुटेका हुन्।
एमाले मुख्य सचेतक महेश बर्तौलाले संसदीय काम कारबाहीका सम्बन्धमा छलफल गर्न मुख्य दलका प्रमुख सचेतकहरू एकै ठाउँमा आएको बताएका छन्।
छलफलमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका मुख्य सचेतक बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाका प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् ।