1k
Shares
भारतीय जनता पार्टीकी रेखा गुप्ता दिल्लीको नयाँ मुख्यमन्त्री बनेकी छन्।
५० वर्षीया गुप्ताले बिहीबार दिल्लीको रामलिला मैदानमा ९ औँ मुख्यमन्त्रीको शपथ लिइन्। उनी दिल्लीको चौथो महिला मुख्यमन्त्रीसमेत बनिन्। यसअघि सुष्मा स्वराज, शीला दीक्षित र आतिशी मार्लेना दिल्लीको मुख्यमन्त्री बनेका थिए।
शपथग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलगायत पुगेका थिए।
आम आदमी पार्टीका नेता तथा पूर्वमुख्यमन्त्रीद्वय अरबिन्द केजरीवाल र आतिशी भने शपथग्रहण समारोहमा उपस्थित भएनन्।