Logout

चर्चामा

टेकुको ढलमा खसेका पुरुषको उद्धार

491 Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–२ टेकुस्थित ढलभित्र छिरेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । टेकुस्थित कनक पेट्रोल पम्प नजिकको ढलभित्र छिरेका पुरुषलाई विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले उद्धार गरेको हो ।

उद्धार गरिएका व्यक्तिको वतन खुल्न बाँकी रहेको प्रहरी वृत्त कालिमाटीका डीएसपी रुपेश खड्काले बताए । उद्धार गरिएका व्यक्ति अन्दाजी ३१/३२ वर्षका पुरुष रहेको प्रहरीको भनाइ छ । आइतबार बिहान ६ः४५ बजे उनी ढलमा खसेका थिए । ढलमा खसेको जानकारी पाउनसाथ प्रहरीको विपद् व्यवस्थापनको टोलीले उद्धार गरेको हो । प्रहरीका अनुसार उद्धार गरिएका व्यक्ति सुस्त मनस्थितीको रहेका छन् । उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार