Logout

चर्चामा

गाडी मर्मत गर्ने क्रममा किचिएर २६ वर्षीय मजदुरको मृत्यु

801 Shares

म्याग्दी । धवलागिरी गाउँपालिका-७ उत्तिसेमा सडक छेउमा पार्किङ गरेको बोलेरो जिप मर्मत गर्ने क्रममा किचिएर एक जना मजदुरको मृत्यु भएको छ ।

धवलागिरीको ताकम–मुना ग्रामीण सडकमा चल्ने ग १ ज ७०४९ नम्बरको जिप मर्मत गर्ने क्रममा दिउँसो अन्दाजी २ बजे गाडी पछि सरेर किच्दा सोही वडा ३ मुनाका २६ वर्षीय रोहित शेरपुञ्जाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

ताकमबाट मुनातर्फ जाँदै गरेको जिप बिग्रेको थियो । पछिल्लो एउटा टायर खोली काम गर्ने क्रममा एक्कासि जिप पछि सर्दा शेरपञ्जालाई किचेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार