Logout

चर्चामा

सरकार र विप्लव पक्षबीच बालुवाटारमा औपचारिक वार्ता जारी

1k Shares

काठमाडौं ।  सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक वार्ता सुरु भएको छ ।

दुवै वार्ता टोलीबीच केहिबेर अघिदेखि छलफल सुरु भएको बालुवाटार स्रोतले पुष्टि गरेको छ । मंगलबार वार्ता टोली सार्वजनिक गरेका दुवै पक्षबीच बिहानैदेखि अनौपचारिक छलफल पश्चात् वार्ता  सुरु भएको हो ।

वार्ताको लागि प्रकाण्ड नेतृत्वको नेकपाको टोली  मंगलबार काठमाडौं आइपुगेको थियो । सरकारी वार्ता टोलीमा संयोजक गृहमन्त्री रामवहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य छन् भने नेकपाका वार्ता टोलीमा संयोजक खड्गवहादुर विश्वकर्मा प्रकाण्ड  र उदय चलाउने  सदस्य छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार