Logout

चर्चामा

एमालेले बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गर्‍यो

564 Shares

काठमाडौं । नेकपा एमालेले पार्टीबाट निलम्बनमा परेका आफ्ना दुई नेताको निलम्बन फुकुवा गरेको छ। बुधबार बसेको पार्टी सचिवालय बैठकले स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथि लगाइएको निलम्बन फुकुवाको निर्णय लिएको हो।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार केही समयअघि पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा दुवै नेतालाई निलम्बन गरिएको थियो। तर पछिल्लो समय पार्टीभित्रको आन्तरिक छलफल र मूल्याङ्कनपछि उनीहरूलाई पुनः सक्रिय गर्ने निर्णयमा नेतृत्व पुगेको हो।

ज्ञवालीले भने, “विगतमा भएका व्यवहारलाई लिएर छलफल भएको थियो। अब भविष्यमा पार्टी अनुशासनलाई ध्यानमा राख्दै अघि बढ्ने सन्देशस्वरूप निलम्बन फुकुवा गरिएको हो।”

पार्टीभित्र विवादास्पद मानिएका दुवै नेताको पुनः सक्रियताले आन्तरिक एकतालाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार