Logout

चर्चामा

योगदान मुलुक निवृत्तिभरण कोष स्थापना सम्बन्धी विधेयक पारित

433 Shares

मोरङ।  कोशी प्रदेशसभाको आजको बैठकमा ‘योगदान मुलुक निवृत्तिभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सदनमा पेस भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले उक्त विधेयक सदनमा प्रस्तुत गर्नुभएपछि सभामुख अम्बरबहादुर विष्टले निर्णायार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको छ ।

यसअघि शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य राजन कार्कीले पर्यटन, वन तथा वातावरणमन्त्री षदानन्द मण्डलले सचिवालयका कर्मचारी अमृत मेहताको ‘क्युआर कोड’मार्फत आफ्ना मन्त्रालयका कर्मचारीहरुसँग रकम माग गर्ने गरेको व्यापक गुनासो र सामाजिक सञ्जालमा आएपछि सो विषयमा सरकारको आधिकारिक धारणाको माग गर्नुभयो । अर्का सदस्य सपना दर्जीले भारतबाट दैनिक १० टन माछा मोरङ, सुनसरी र झापाबाट अवैध रुपमा आयात हुने गरेकामा नियन्त्रण गरी स्वदेशी माछा कृषकलाई घरवारविहीन हुनबाट जोगाउनुपर्ने धारणा राख्नुभयो । प्रदेशसभाको अर्को बैठक आगामी साउन ७ गते दिनको १ बजे बस्ने सभामुख विष्टले सदनसमक्ष जानकारी गराउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार