Logout

चर्चामा

कोरोनाको दोस्रो जोखिम नियन्त्रणबारे सरकारको अपिल रोकियो, भोलि प्रधानमन्त्रीले नै सम्बोधन गर्ने

651 Shares

काठमाडौं । नयाँ भेरियन्टको कोरोना संक्रमण बढेपछि जनस्वास्थ्यका नयाँ मापदण्ड र सरकारको नीतीतिबारे जानकारी दिन उपप्रधानमन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरुले गर्ने भनिएको अपिल अन्तिम घडीमा स्थगित भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकार सम्मेलनमार्फत कोभिड १९ को दोस्रो चरणको जोखिम नियन्त्रणमा सरकारको नीति र सर्वसाधारणले पालना गर्नुपर्ने नियमबारे जानकारी दिने भनिएको थियो ।

नयाँ वर्षको दिन बुधवार विहान प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने क्रममा ती विषय पनि समेटिने भएपछि अन्तिम घडीमा आएर स्थगित भएको उपप्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार