Logout

चर्चामा

प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको निम्तो, भदौ अन्तिम दिन दिल्ली जाँदै

956 Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जाने भएका छन्। ओलीले भदौ ३१ देखि असोज १ गतेसम्म दुई दिने भारत भ्रमण गर्ने तय भएका हुन् । केही दिनअघि नै दिल्लीबाट ओलीलाई भारत भ्रमणको निम्तो आएको थियो ।

प्रधानमन्त्री बनेको १४ महिनापछि भारतले ओलीलाई भ्रमणको निमन्त्रणा दिएको हो । बालुवाटार स्रोतले प्रधानमन्त्री ओलीको दुई दिने भारत भ्रमण सुनिश्चित भएको जानकारी दिएको छ। तर भारत भ्रमणमा ठूलो सम्झौता र समझदारी नहुने बुझिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार