1.6k
Shares
एजेन्सी । रियल मड्रिडका कप्तान तथा डिफेन्डर सर्जियो रामोसलाई कोरोना भाइरसको संक्रमण भएको छ ।रियलले मंगलबार कप्तान रामोसलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
कोरोना देखिएपछि स्पेनिस डिफेन्डर रामोस क्वारेन्टिनमा बसेको समेत क्लबले जनाएको छ । च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलविरुद्धको खेलअघि गरिएको परिक्षणमा उनलाई कोरोना देखिएको हो ।
अब रामोसले लिभरपुलविरुद्धको खेल गुमाउने छन् । क्वाटरफाइनल अन्तर्गत रियल र लिभरपुलबीचको दोस्रो लेग बुधबार राति हुनेछ । पहिलो लेगमा रियलले ३-१ को जित निकालेको थियो । चोटका कारण ३५ वर्षीय रामोसले पहिलो लेग खेल समेत गुमाएका थिए ।