Logout

चर्चामा

तुर्कमेनिस्तानमा प्रधानमन्त्रीको सम्बोधन- भूपरिवेष्टित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय

2.1k Shares

आवाजा (तुर्कमेनिस्तान) । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील देशहरू (एलएलडिसी) मा ‘समृद्धिको चालकका रूपमा संरचनात्मक रूपान्तरण, विविधीकरण, विज्ञान, प्रविधि र नवप्रवर्तन’ विषयगत उच्चस्तरीय बैठकमा सम्बोधन गरेका छन् ।

तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘साइड इभेन्ट’का रूपमा प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गरेका हुन् । उनले भूपरिवेष्टित मुलुकहरूको रुपान्तरण कुनै छनोट नभई आवश्यकता भएकामा जोड दिए ।

भूपरिवेष्टित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय भएको बताएका छन् ।

तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘व्यापार तथा यातायात सम्पर्क विस्तारमार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवद्र्धन’ विषयक ‘साइड इभेन्ट’मा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग हुन विवश भएको बताए ।

‘तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ-सम्पर्क सञ्जाल खोल्नु उनीहरुको कर्तव्य हो’, उनले भने, ‘यो अनुग्रह होइन । अवरोधलाई नवप्रवर्तनमा बदलौँ, यसलाई साझा समृद्धिको इञ्जिन बनाऔँ भन्ने आह्वान हो ।’

प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्का अध्यक्ष कासिमालिभबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच आज द्विपक्षीय भेटवार्ता भएको छ ।

तुर्कमेनिस्तानमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा भएको उनीहरूको भेटवार्तामा दुई मुलुकबीचको अपसी सम्बन्ध र हितका विविध विषयमा कुराकानी भएको छ ।

भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार