1.7k
Shares
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिबाट सन्यास लिंदा आफू सबैभन्दा खुसी हुने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि कार्यक्रममा थापाले यो अभिव्यक्ति दिएका हुन्। उनले यो कुरा अवमूल्यनका रूपमा नभई सम्मानपूर्वक भनेको स्पष्ट पारे।
“उहाँहरूले नेपालको राजनीतिमा ठूलो योगदान गर्नुभएको छ। तर यदि आजकै दिन सन्यासको घोषणा गर्नुभयो भने म सबैभन्दा खुसी हुनेछु,” थापाले भने।
महामन्त्री थापाले नेपाली राजनीतिले अब डेलिभरी दिन नसक्ने अवस्थामा पुगेर अड्किएको टिप्पणी गरे। उनले वर्तमान राजनीतिप्रति जनतामा वितृष्णा फैलिएको उल्लेख गर्दै यसलाई “फोहोर जमेको पोखरी” सँग तुलना गरे।