Logout

चर्चामा

चीनका लागि नेपालका राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र

1.4k Shares

काठमाडौं । चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेले जिम्मेवारी सम्हालेको करिब १ वर्षपछि आफ्नो ओहोदाको प्रमाणपत्र त्यहाँका राष्ट्रपति सी जिनपिङलाई बुझाएका छन् ।

बुधबार बेइजिङको ग्रेट हल अफ दि पिपुलमा आयोजित समारोहमा राजदूत पाण्डेले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

पाण्डे २०७७ वैशाख ५ गते चीनका लागि नेपाली राजदूतमा नियुक्त भएका थिए । त्यसपछि चीन गएर जिम्मेवारी सम्हाले पनि उनले त्यहाँका राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाउन पाएका थिएनन् ।
हेनुहोस विज्ञप्ती

bigepti.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार