Logout

चर्चामा

समसामयिक राजनीतिक विषयमा छलफल गर्न ओलीले बोलाए सर्वदलीय बैठक

1.4k Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् ।

उनले कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनी सर्वदलीय बैठक बोलाएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुने थापाले बताए ।

यो पनि पढनुहोस
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लामो समयपछि टेलिफोनमा संवाद गरेका छन्।

आफूलाई प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि फोन गरेको प्रचण्डले बताएका छन्। ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्ने क्रममा प्रचण्डले उक्त कुरा बताएका हुन्।

आफू प्रधानमन्त्री ओलीसँग भेट्न जान लागेको बताउँदै उनले भने,राम्रो हो कि नराम्रो के हो, म भवन उद्घघाटन गर्न यहाँ बस्दै गर्दा प्रधानमन्त्री ओलीले लामो समयपछि फोन गर्नुभयो। म गाउँपालिकाको भवन उद्घाटन गर्दैछु पछि कुरा गरौंला भनें।

प्रधानमन्त्री ओलीको फोन आएपछि लामो समय भाषण नगरी प्रचण्ड कार्यक्रमस्थलबाट निस्किएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार