Logout

चर्चामा

माधवकुमार नेपालदेखि अनिल झासम्म भिड्दै, रौतहट–१ मा ३९ उम्मेदवार कुन वडामा कति मतदाता छन् रु ९विस्तृत विवरण

531 Shares


काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रौतहट निर्वाचन क्षेत्र नम्बर १ यसपटक अत्यन्तै प्रतिस्पर्धात्मक बनेको छ । यस क्षेत्रमा कुल ३९ जना उम्मेदवार चुनावी मैदानमा छन्, जसमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री अनिलकुमार झा प्रमुख आकर्षणका रूपमा देखिएका छन् ।
चुनावी रोचकता के छ भने, दुवै नेताहरू यसपटक अघिल्लो निर्वाचनभन्दा फरक दल र फरक चुनाव चिह्न लिएर मतदातामाझ पुगेका छन् ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेका छन् । लामो समय नेकपा एमालेको नेतृत्व गरेका नेपालले पार्टीभित्र विद्रोह गरी नयाँ दल गठन गरेपछि २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए । कांग्रेस–माओवादीसहितको गठबन्धनको समर्थनमा उनले ३३ हजार ५२२ मत प्राप्त गर्दै जित निकालेका थिए ।
यता, अनिलकुमार झा यसपटक नेपाली कांग्रेसको चुनाव चिह्न लिएर आफ्नै गृहजिल्लाबाट प्रतिस्पर्धामा छन् । मधेस केन्द्रित राजनीतिमा लामो समय सक्रिय झा २०७९ मा धनुषा–३ बाट उम्मेदवार बनेका थिए । त्यतिबेला उनले २३ हजार ६८६ मत पाए पनि एमाले उम्मेदवार जुली कुमारी महतोसँग पराजित भएका थिए । धनुषामा पराजय बेहोरेपछि झा यसपटक रौतहट फर्किएका हुन् ।
रौतहट–१ मा नेकपा एमालेले अजयकुमार गुप्ता, राष्ट्रिय स्वतन्त्र पार्टीले राजेश कुमार चौधरी, जसपा नेपालले योगेन्द्र राय यादव, जनमत पार्टीले देवेन्द्र मिश्रलाई उम्मेदवार बनाएका छन् । त्यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजाराम मुखिया र उज्यालो नेपाल पार्टीबाट उमेश कुमार शाह मैदानमा छन् । उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवार पनि यस क्षेत्रमा प्रतिस्पर्धामा छन् ।
२०७९ को निर्वाचनमा एमाले उम्मेदवार अजयकुमार गुप्ता दोस्रो स्थानमा सीमित भएका थिए । त्यतिबेला उनले २६ हजार ९२२ मत प्राप्त गरेका थिए ।
निर्वाचन आयोगका अनुसार रौतहट–१ मा कुल १ लाख ८ हजार ७२६ मतदाता छन् । यो निर्वाचन क्षेत्रभित्र एक नगरपालिका र चार गाउँपालिका तथा नगरपालिकाका विभिन्न वडा समेटिएका छन् ।

कुन वडामा कति मतदाता रु
गरुडा नगरपालिका


वडा १ स् ३,५२२


गढीमाई नगरपालिका


वडा ६ स् ३,११२


वडा ७ स् २,८८५


वडा ८ स् २,८२५


गौर नगरपालिका


वडा १ स् २,६५२


वडा २ स् २,४५४


वडा ३ स् २,०६७


वडा ४ स् ३,४१६


वडा ५ स् ३,३१८


वडा ६ स् ३,१५१


वडा ७ स् १,५८९


वडा ८ स् २,०४८


वडा ९ स् २,२७२


दुर्गा भगवती गाउँपालिका


वडा १ स् २,१३२


वडा २ स् ३,१९०


वडा ३ स् २,९६६


वडा ४ स् ३,२३१


वडा ५ स् ३,२४५


माधव नारायण नगरपालिका


वडा १ स् ३,०२५


वडा २ स् २,१७३


वडा ३ स् ३,१४५


वडा ४ स् २,५४३


वडा ५ स् २,६०६


वडा ६ स् ४,७६४


वडा ७ स् २,६९५


वडा ८ स् २,२२८


वडा ९ स् १,०६६


यमुनामाई गाउँपालिका


वडा १ स् २,६०८


वडा २ स् २,२०४


वडा ३ स् ३,३३४


वडा ४ स् ४,४३३


वडा ५ स् १,८३१


राजदेवी नगरपालिका


वडा १ स् २,५४६


वडा २ स् १,२६७


वडा ३ स् १,७६६


वडा ४ स् १,८७२


वडा ५ स् १,५९६


वडा ६ स् २,९०३


वडा ७ स् २,६४५


वडा ८ स् २,३७३


वडा ९ स् ३,०२८

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार