Logout

चर्चामा

सरकारलाई निर्वाचन सुरक्षित बनाउने चुनौतीप्रति सांसदहरूको चेतावनी

538 Shares

 

काठमाडौं, माघ १३, २०८२

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले आगामी फागुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष, भयरहित र जनमुखी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो।

सांसदहरूले निर्वाचनको समयमा जनता र राजनीतिक दलहरूलाई आतंकित गर्ने गतिविधिहरू बढिरहेको र यसलाई तत्काल रोक्नुपर्नेमा जोड दिनुभयो। उनीहरूले जनतालाई सचेत रहन र जिम्मेवारीपूर्वक मतदान गर्न अपिल गर्नुका साथै, सही उम्मेदवारको छनोटले देशको लोकतान्त्रिक प्रक्रियामा बल पुर्‍याउने बताए।

बैठकमा सांसदहरूले भदौ २३–२४ को प्रदर्शनको क्रममा सांस्कृतिक सम्पदा र ऐतिहासिक स्थलको संरक्षण गर्न असफल भएको, सार्वजनिक सम्पत्तिमा क्षति पुगेको, र फरार रहेका दोषीहरू पक्राउ गर्न नसकिएको विषयमा पनि आपत्ति जनाए।

सांसदहरूले भन्नुभयो, “सरकारले जनताप्रति जवाफदेही भूमिका निर्वाह गर्न नसकेको अनुभव भइरहेको छ। यसले नागरिकमा विश्वास घटाएको छ।” जेनजी आन्दोलनपछिको संक्रमणकालीन अवस्थालाई पार गर्दै, राष्ट्र निर्माणको साझा एजेण्डा तय गर्न खुल्ला र स्वस्थ बहस आवश्यक रहेकोमा सांसदहरूले जोड दिनुभयो।

बैठकमा गंगा कुमारी बेलबासे, नारायण दत्त मिश्र, गोपाल भट्टराई, राजेन्द्र लक्ष्मी गैरे, किरणबाबु श्रेष्ठ, गोपी बहादुर सार्की लगायत सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभयो।

यस पहलले आगामी निर्वाचनमा जनताको विश्वास र सुरक्षालाई प्राथमिकतामा राख्ने दिशामा कदम चाल्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार