काठमाडौं ।
नेपाली बजारमा सुनचाँदीको मूल्य बुधबार फेरि ऐतिहासिक उचाइमा पुगेको छ। पछिल्ला दिनदेखि निरन्तर बढ्दो क्रममा रहेको सुनको भाउले आज अहिलेसम्मकै सबैभन्दा उच्च स्तर छोएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले वृद्धि भई ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको छ। यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो।
यसअघि मंगलबार छापावाल सुन तोलामा ३ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ७३ हजार ३ सय २० रुपैयाँ कायम भएको छ।
सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढाव, डलरको विनिमय दर र विश्व आर्थिक अनिश्चितताको असरका कारण स्वदेशी बजारमा पनि सुनचाँदीको मूल्य निरन्तर बढिरहेको व्यवसायीहरू बताउँछन्।