Logout

चर्चामा

राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतलनिवासमा आधा घण्टा छलफल

168 Shares

 

काठमाडौं, १४ माघ
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच आज शीतलनिवासमा भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्की बिहान साढे १० बजे राष्ट्रपति निवास पुगेर राष्ट्रपति पौडेलसँग करिब आधा घण्टा छलफल गर्नुभएको हो।

भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक अवस्था, सरकारको हालको कार्यदिशा तथा आगामी निर्वाचनसँग सम्बन्धित विषयमा विचार–विमर्श भएको बताइएको छ। स्रोतका अनुसार पछिल्ला राजनीतिक गतिविधि र शासन प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल केन्द्रित थियो।

राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले भेटवार्तालाई नियमित र औपचारिक भएको जनाउँदै दुई शीर्ष नेताबीच समसामयिक विषयमा गम्भीर संवाद भएको जानकारी दिनुभयो।

संविधानअनुसार राष्ट्रप्रमुख र सरकार प्रमुखबीच हुने यस्ता भेटवार्तालाई राजनीतिक समन्वय र संस्थागत सन्तुलनका दृष्टिले महत्वपूर्ण मानिन्छ। पछिल्लो समय राजनीतिक गतिविधि तीव्र बन्दै गइरहेको सन्दर्भमा भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार