७२ वर्षको लोकतान्त्रिक यात्रामा नेपालले आठ सरकार देख्यो, तर सत्ताको केन्द्रमा उभिएका तीन पुराना अनुहार—केपी शर्मा ओली, प्रचण्ड, र शेरबहादुर देउवा—सधैं मुख्य पात्र बनेका छन्। तर यस पटक खेल फरक देखिन्छ।
शेरबहादुर देउवा चुनावी दौडमा छैनन्। यसले ओलीलाई झापा–५ मा अपेक्षाकृत कडा चुनौतीको सामना गर्न बाध्य बनाएको छ। उता रुकुम पूर्वमा प्रचण्डले जनयुद्धका शहीदका छोरा सन्दीप पुनको निशानामा पर्ने सम्भावना देखिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, यसपटक मतदाताको मनोविज्ञानमा ठूलो परिवर्तन आएको छ। केवल परम्परागत समर्थन पर्याप्त छैनस युवा मतदाताको सक्रियता, नयाँ चेतना, र स्थानीय मुद्दाहरूको प्राथमिकताले चुनावी समीकरणलाई पहिले भन्दा फरक बनाएको छ।
अब प्रश्न उठ्छ—तीन नेताको म्युजिकल चेयर, जसमा सधैं प्रतिस्पर्धा देखिन्थ्यो, यसपटक टुंगिन्छ कि फेरि अर्को चरणमा प्रवेश गर्छरु राजनीतिक विशेषज्ञहरू यसलाई “परिवर्तनको संकेत” र “राजनीतिक उथल–पुथलको समय”को रूपमा हेरिरहेका छन्।
निर्णय गर्ने अन्तिम पात्र मतदाता नै हुन्। उनीहरूको प्राथमिकता र मनोविज्ञानले आगामी राजनीतिक समीकरण निर्धारण गर्नेछ।