Logout

चर्चामा

लाइसेन्स परीक्षामा ६० प्रतिशतभन्दा बढी चिकित्सक असफल

192 Shares

 

 

१४ माघ, काठमाडौं।

नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता (लाइसेन्स) परीक्षामा सहभागीमध्ये ६० प्रतिशतभन्दा बढी चिकित्सक असफल भएका छन्। काउन्सिलले लिएको एमबीबीएस र बीडीएसको ७४औँ लाइसेन्स परीक्षामा जम्मा ३९.४५ प्रतिशत मात्रै चिकित्सक उत्तीर्ण भएका हुन्।

 

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवका अनुसार परीक्षा दिन आवेदन दिएका ९६७ जनामध्ये २४ जना अनुपस्थित रहे। परीक्षामा सहभागी भएका ९४३ जनामध्ये ३७२ जना मात्रै पास भएका छन्।

 

पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा केन्द्रमा कम्प्युटर प्रणालीमार्फत मंगलबार र बुधबार परीक्षा सञ्चालन गरिएको थियो।

 

एमबीबीएस (मेडिकल) तर्फ ७९३ जनाले आवेदन दिएका थिए। तीमध्ये ७७५ जना परीक्षामा सहभागी भएका थिए भने ३०० जना मात्रै (३८.७ प्रतिशत) उत्तीर्ण हुन सफल भएका छन्।

 

यस्तै, बीडीएस (डेन्टल) तर्फ १७४ जनाले फारम भरेका थिए। परीक्षाको दिन १६८ जना सहभागी भएका थिए, जसमा ७२ जना मात्रै (४२.८५ प्रतिशत) पास भएका छन्।

 

लाइसेन्स परीक्षाको कमजोर नतिजाले देशभर मेडिकल शिक्षा दिने विश्वविद्यालय र कलेजहरूको शैक्षिक गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको छ। तर रजिष्ट्रार डा. देव भने यसपटक असफल हुनेमध्ये धेरैजसो अघिल्ला

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार