Logout

चर्चामा

नर्वेली राजदूतसँग प्रधानमन्त्री कार्कीको शिष्टाचार भेट

594 Shares

 

१४ माघ, काठमाडौं।
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नर्वेली राजदूत ड्याग्नी मियोसले मंगलबार शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सम्पन्न भेटमा नेपाल–नर्वेबीचको आपसी सम्बन्ध, सहकार्यका वर्तमान अवस्था र भावी सम्भावनाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा राजदूत मियोसले नेपालले पहिलो महिला प्रधानमन्त्री पाएकोमा खुसी व्यक्त गर्दै कार्कीको नेतृत्वमा मुलुकले स्थायित्वतर्फ अग्रसर हुने विश्वास व्यक्त गरे। उनले आगामी निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न हुने अपेक्षा पनि राखेका छन्।

नर्वेले नेपालको शान्ति प्रक्रिया, संविधान कार्यान्वयन, जलवायु परिवर्तन तथा दिगो विकासका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको स्मरण गराउँदै राजदूत मियोसले भविष्यमा पनि सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए।

प्रधानमन्त्री कार्कीले असामान्य राजनीतिक परिस्थितिमा सरकारको जिम्मेवारी सम्हाल्नुपरे पनि मुलुक क्रमशः सामान्य अवस्थामा फर्किंदै चुनावी प्रक्रियातर्फ अघि बढेको बताइन्। अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र विश्वासप्रति उनले नर्वे सरकारलाई धन्यवाद दिइन्।

प्रधानमन्त्री कार्की र राजदूत मियोसबीच भएको यो पहिलो औपचारिक भेट हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार