Logout

चर्चामा

रास्वपाका वरिष्ठ नेता बालेन शाह र शैलेशकुमार सिंहबीच राजनीतिक छलफल

442 Shares

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह र बझाङका प्रतिनिधिसभा उम्मेदवार शैलेशकुमार सिंहबीच राजनीतिक भेटघाट तथा छलफल भएको छ।

भेटका क्रममा समसामयिक राजनीतिक अवस्था, पार्टीको भावी रणनीति, संगठन विस्तार तथा जनताको अपेक्षाबारे गम्भीर छलफल भएको स्रोतले जनाएको छ। विशेषगरी सुदूरपश्चिम क्षेत्रको विकास, सुशासन, रोजगारी र युवाको राजनीतिक सहभागितालाई प्रभावकारी रूपमा कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रित भएर संवाद भएको बताइएको छ।

रास्वपाले स्थापना कालदेखि नै पुराना राजनीतिक अभ्यासलाई चुनौती दिँदै नयाँ सोच र पारदर्शी राजनीतिलाई प्राथमिकतामा राख्दै आएको भन्दै दुबै नेताले जनमुखी एजेन्डामा केन्द्रित भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। भेटमा बझाङ जिल्लामा पार्टीको संगठनलाई थप मजबुत बनाउने र स्थानीय समस्यालाई राष्ट्रिय बहसको विषय बनाउने विषयमा समेत सहमति भएको बुझिएको छ।

भेटपछि दुबै नेताले परिवर्तनमुखी राजनीतिप्रति जनताको विश्वास बढ्दै गएको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त रूपमा जनताको आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। रास्वपाले देशभर वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्यका साथ गतिविधि तीव्र बनाइरहेको सन्दर्भमा यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार