आसन्न निर्वाचनले राजनीतिक प्रचारको स्वरूप पूर्ण रूपमा बदलिदिएको छ। अब चुनाव केवल उम्मेदवार र पार्टीको प्रतिस्पर्धामा सीमित छैनस सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्म प्रचारको मुख्य भूमि बनेका छन्।
हालै टिकटकमा भाइरल भएका भिडियोहरूले बालेन र प्रधानमन्त्री केपी ओलीलाई लिएर हास्य र ट्रोलिङ दृश्यहरू प्रस्तुत गरेका छन्। एउटा भिडियोमा बालकले सोध्छ, “भोट कसलाई हाल्छौ ए सौरेरु” जवाफमा अर्को बालक भन्छ, “बालेनलाई नि हो, कसले हाल्छ केपीलाईरु” त्यसपछि प्रश्नकर्ता भन्छ, “धन्न, केपीलाई भनेको भए ढुंगाले हानेर मारिदिन्थेँ।”
यी भिडियोहरूले राजनीतिक टिप्पणी मात्र होइन, सामाजिक सञ्जालमा हिंसात्मक र अपमानजनक प्रवृत्ति फैलाउने खालको सामग्री पनि देखाउँछन्।
सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनपछि डार्क एड र माइक्रो(टार्गेटिङ प्रविधिको प्रयोग व्यापक रूपमा चर्चा भयो। मतदाताको व्यक्तिगत डेटा संकलन गरेर लक्षित विज्ञापन मार्फत प्रभाव पार्ने अभ्यास सुरु भयो।
युरेकेनको राष्ट्रपति निर्वाचनमा जेलेन्स्कीले पनि सामाजिक सञ्जाल र एल्गोरिदमको प्रयोग गरेर जनताको सक्रियता हासिल गरेका थिए। सन् २०२० को अमेरिकामा, सामाजिक सञ्जालको एल्गोरिदमले विवादास्पद समाचारलाई प्राथमिकता दिँदै मतदातालाई आफ्नै विचार समूहमा सीमित गर्यो।
सन् २०२४ देखि जेनेरेटिभ एआईले चुनावी प्रचारको स्वरूप परिवर्तन गरिसकेको छ। भारतमा दिवंगत नेताहरू जयललिता र करुणानिधिको डिजिटल सामग्री एआईमार्फत सिर्जना गरी वर्तमान उम्मेदवारको समर्थनमा प्रयोग गरिएको थियो। इन्डोनेसियामा एआईको प्रयोग गरेर पूर्व सैनिक जनरललाई ‘मायालु हजुरबुबा’ को रूपमा प्रस्तुत गरिएको थियो।
सन् २०२६ मा चुनाव केवल डिजिटल क्षेत्रमा मात्र सीमित छैनस एआई बटहरूले ह्वाट्सएप, डिस्कोर्ड जस्ता प्लेटफर्ममा मानिस जस्तै कुराकानी गरेर मतदातालाई प्रभावित गरिरहेका छन्। मतदाताले टेलिभिजनको सट्टा टिकटक, युट्युब, र सामाजिक मिडियाका इन्फ्लुएन्सरको सामग्रीमा बढी विश्वास गर्ने प्रवृत्ति बढेको छ।
नेपालमा पनि यो प्रवृत्ति देखिन थालिसकेको छ। सामाजिक सञ्जालमा राजनीतिक कन्टेन्ट व्यापक रूपमा फैलिएको छ। हिंसात्मक वा अपमानजनक सामग्री बढेको छ, र भिन्न मत राख्ने व्यक्तिहरूप्रति ट्रोलिङ हुने प्रवृत्ति देखिएको छ।
बालेन, लक्षित ओली, डिजिटल ट्रेन्ड, डार्क एड र एआईको प्रयोगले नेपालमा राजनीतिक प्रचारको नयाँ भूगोल प्रस्तुत गरेको छ।