Logout

चर्चामा

नयाँ दलहरूप्रति विप्लवको कटाक्ष विचारभन्दा नेता र पार्टीलाई प्राथमिकता

217 Shares

 

१८ माघ, काठमाडौं ।
नेकपा ९माओवादी का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूलाई नयाँ भन्ने दलहरू सत्ता प्राप्त गर्ने हतारमा रहेको टिप्पणी गरेका छन्।

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले लोकप्रियतावादको नारा लगाएर जनतालाई भ्रममा पार्दै ती दलहरू छिटो सत्तामा पुग्न खोजिरहेको आरोप लगाए।

उनका अनुसार अहिले देखिएका नयाँ दलहरूले विचार र सिद्धान्तभन्दा व्यक्ति र पार्टीलाई केन्द्रमा राख्ने पूँजीवादी सोच अपनाइरहेका छन्। उनले विचारको महत्वलाई कमजोर बनाउने प्रवृत्तिले उपभोगवादी संस्कृतिलाई बढावा दिएको बताए।

महासचिव चन्दले भने, विचार आवश्यक छैन, पार्टी र नेता भए पुग्छ भन्ने सोच नै नयाँ भनिने दलहरूको मूल सिद्धान्त जस्तै बनेको छ। सिद्धान्त र विचारको कुरा गर्नु नपर्ने धारणा पूँजीवादी सोचको परिणाम भएको उनको भनाइ थियो। लोकप्रियता सिर्जना गर्ने, जनतालाई केही समय भ्रममा राख्ने र हतारमा सत्ता सम्हाल्ने प्रवृत्ति गलत भएको उनले जोड दिए।

उनले कम्युनिस्ट पार्टीहरूबीचको एकता प्रक्रियाबाट आफ्नो पार्टी पछि हटेको भन्ने प्रचार गलत रहेको पनि स्पष्ट पारे। यस्तो भ्रम फैलाएर जनमतलाई प्रभावित पार्ने प्रयास भइरहेको उनको आरोप थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार