Logout

चर्चामा

यूएईद्वारा २६७ नेपालीलाई आममाफी

597 Shares

 

काठमाडौं, १८ माघ — संयुक्त अरब इमिरेट्स ९यूएई सरकारले त्यहाँका कारागारमा रहेका २६७ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। यूएईको ५४औँ राष्ट्रिय दिवस ९ईद अल एतिहाद को अवसरमा उक्त निर्णय गरिएको हो।

नेपाल सरकारका अनुसार परराष्ट्र मन्त्रालयको पहल तथा आबुधाबीस्थित नेपाली दूतावासको निरन्तर समन्वयपछि यूएई सरकारले यो आममाफी प्रदान गरेको हो। यस कदमलाई नेपाल–यूएईबीचको मैत्रीपूर्ण सम्बन्ध र आपसी सद्भावनाको प्रतीकका रूपमा लिइएको छ।

सरकारले यूएई सरकारको यस मानवीय निर्णयप्रति आभार व्यक्त गरेको छ। आममाफी पाएका नेपाली नागरिकहरू विरुद्ध अन्य कुनै कानुनी अड्चन नरहेमा, त्यहाँको कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गरी स्वदेश फर्कन सक्ने बताइएको छ।

यस निर्णयले कारागारमा रहेका नेपाली नागरिक र तिनका परिवारमा आशा र खुसीको वातावरण सिर्जना गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार