Logout

चर्चामा

काठमाडौं निर्वाचन प्रहरीमा डिग्री होल्डर पनि भर्ती

502 Shares

 

काठमाडौं — हालै सम्पन्न निर्वाचन प्रहरी भर्नामा काठमाडौंमा मात्रै ४,८७३ जनाले भाग लिएका छन्। यसमा ६ जना स्नातकोत्तर र ३५ जना स्नातक उत्तीर्ण छन्।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभि नारायण काफ्लेका अनुसार, माघ १८ देखि नयाँ भर्ना गरिएका प्रहरीहरूको १० दिने तालिम सुरु भइसकेको छ। तालिममा शारीरिक व्यायाम, सलामी दिने अभ्यास, र सर्वसाधारणसँग कसरी व्यवहार गर्नेजस्ता विषयमा प्रशिक्षण दिइँदैछ।

साथै, देशभरबाट कति स्नातकोत्तर उत्तीर्ण प्रहरी भर्ती भएका छन् भन्ने विवरण हाल संकलन भइरहेको छ। यस पटकको निर्वाचनका लागि कुल १,४९,०९० निर्वाचन प्रहरी खटाइने तयारीमा छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले भने, “स्नातकोत्तर उत्तीर्ण पनि भर्ती भएका छन्, जुन हाम्रो लागि गर्वको विषय हो।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार