Logout

चर्चामा

४ वर्षपछि बीटीएसको ऐतिहासिक पुनरागमन, ‘कमब्याक कन्सर्ट’ नेटफ्लिक्समार्फत विश्वभर प्रत्यक्ष

120 Shares

 

करिब चार वर्षको लामो प्रतीक्षापछि विश्वप्रसिद्ध कोरियन पप ब्यान्ड बीटीएस फेरि एकसाथ स्टेजमा फर्किने भएको छ। दक्षिण कोरियाको राजधानी सोलस्थित ग्वाङ्ग्वामुन स्क्वायरमा आयोजना हुने यो विशेष कन्सर्टलाई नेटफ्लिक्सले विश्वभर प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेको छ।

बीटीएसका सातै सदस्य— आरएम, जिन, सुगा, जे–होप, जिमिन, भी र जंग कूक— झन्डै ३ वर्ष ९ महिनापछि पहिलो पटक एउटै स्टेजमा देखिन लागेका हुन्। यस खबरले विश्वभर फैलिएका ‘आर्मी’ फ्यानहरूलाई उत्साहले भरिएको छ।

नयाँ एल्बम ‘एरिराङ’ कन्सर्टअगाडि नै रिलिज

कन्सर्टको एक दिनअघि, अर्थात् २० मार्च २०२६ मा बीटीएसको पाँचौँ स्टुडियो एल्बम ‘एरिराङ’ सार्वजनिक हुने भएको छ। कन्सर्टमा यस एल्बमका गीतहरू पहिलो पटक लाइभ प्रस्तुति दिइनेछ, जसले कार्यक्रमलाई झनै विशेष बनाउने अपेक्षा गरिएको छ।

नेटफ्लिक्समा प्रत्यक्ष कन्सर्ट र डकुमेन्ट्री

नेटफ्लिक्सले २१ मार्च २०२६ मा ‘द्यत्क्स् त्जभ ऋयmभदबअप ीष्खभ’ शीर्षकमा कन्सर्टलाई विश्वभर प्रत्यक्ष प्रसारण गर्नेछ। नेपाली समयअनुसार यो कन्सर्ट बेलुका ४स्४५ बजे सुरु हुनेछ।

त्यसैगरी, कन्सर्टपछि उत्पन्न हुने फ्यानहरूको भावनात्मक खालीपनलाई कम गर्न नेटफ्लिक्सले २७ मार्च २०२६ मा ‘द्यत्क्स् त्जभ च्भतगचल’ नामक डकुमेन्ट्री पनि सार्वजनिक गर्ने तयारी गरेको छ। यस डकुमेन्ट्रीमा ‘एरिराङ’ एल्बम निर्माणको पर्दापछाडिको कथा, सदस्यहरूको अनुभव र पुनरागमनको यात्रालाई समेटिनेछ।

विश्व भ्रमणको घोषणा पनि

कमब्याक कन्सर्टलगत्तै बीटीएसले नयाँ विश्व भ्रमण ९ध्यचमि त्यगच० सुरु गर्ने घोषणा पनि गरेको छ। यो टुर ब्यान्डको अहिलेसम्मकै सबैभन्दा ठूलो टुरमध्ये एक हुने बताइएको छ।

विश्वका ३४ विभिन्न शहररक्षेत्रमा फैलिएको यस टुरअन्तर्गत ८२ वटा शो आयोजना हुनेछन्, जहाँ लाखौँ फ्यानले बीटीएसलाई प्रत्यक्ष रूपमा हेर्ने अवसर पाउनेछन्।

फ्यानका लागि ऐतिहासिक क्षण

लामो समयपछि सातै सदस्य एकसाथ स्टेजमा फर्किनु बीटीएस मात्र होइन, वैश्विक संगीत इतिहासकै एउटा महत्वपूर्ण क्षण मानिएको छ। नेटफ्लिक्समार्फत घरमै बसेर यो ऐतिहासिक कन्सर्ट हेर्न पाउने अवसरले फ्यानहरूको उत्साह अझै बढाएको छ।

अब, तपाईंको ‘लाइट स्टिक’ मा लागेको धुलो पुछ्ने बेला आएको छ—
किनभने बीटीएस फर्किँदैछ, अझ शक्तिशाली रूपमा। 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार